दमाैली । तनहुँको व्यास नगरपालिका–५ काउरेभट्टीका हर्कमान सुनारको मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय कमल कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सुनारको घरभित्र पार्किङ गरी राखेको ग १७ प ५०१ नम्बरको मोटरसाइकल असार २४ गते राति चोरी भएको थियो । उक्त मोटरसाइकल र कुमाललाई सोमबार राति व्यास नगरपालिका–५ पाटनबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
पक्राउ परेकाविरुद्ध मङ्गलबार तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।