काठमाडाै । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले प्रधानमन्त्री सहित शीर्षस्थ नेतासँग भेट गरेका छन् । विकले काठमाडौमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेतासँग भेट गरेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटको क्रममा विकले प्रदेश प्रहरी र निजामति कर्मचारी समायोजनका लागि संघीय प्रहरी ऐन पास गराउन ज्ञापनपत्र बुझाएका छन् ।