वरिष्ठ नेता पौडेल जनतासँगको भेटघाटमा व्यस्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वरिष्ठ नेता पौडेल जनतासँगको भेटघाटमा व्यस्त

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७९, सोमबार

    दमौली । केही दिनदेखि गृहजिल्लामा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतासँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

    पौडेल सोमबार बिहानैदेखि जनतासँग भेटघाट गर्न व्यस्त रहेका छन् । व्यास नगरपालिका-७ कलेस्तीबाट भेटघाट अभियान सुरु गरेका पौडेल दिनभर व्यास र भानुका क्षेत्रमा व्यस्त रहे ।

    सो क्रममा पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताए । तनहुँको विकासको जिम्मा आफूले लिएको बताउँदै वरिष्ठ नेता पौडेलले भने, “गत प्रतिनिधिसभा निर्वाचनबाट तनहुँका सबै क्षेत्रमा कम्युनिष्टले जितेपछि विकासको कामले गति लिन सकेन, यो बीचमा ठूला योजना सञ्चालन हुन सकेनन्, तर अब जिल्लाको विकासको जिम्मा म लिन्छु ।” वरिष्ठ नेता पौडेलले जिल्लाले विकासमा काँचुली फेर्ने दावी गरे ।

    नेता पौडेलले सोमबार नै व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । व्यास–७ का छापथोक, मेवावारी, जौबारी र गैह्रीस्वाँरा तथा भानु–१३ का पोखरीछाप, टुटेपानी, बाँसपानी, बयापानी, ओख्ले, रायपाली, अर्चले, रतनपुर र आहालेमा जनतासँग भेटघाट गरेको स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिए।