स्थानीय तहको निर्वाचन पाश्चात निर्वाचन आयोगले संघ तथा प्रदेशको चुनावको मिती घोषणा गरेसँगै सिङ्गो मुलुक नै निर्वाचन तर्फ होमिएको छ । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन आफैमा जनताको अधिकार भएता पनि निर्वाचनको मुख्य उद्येश्य र औचित्य के भन्ने कुराको विषयमा यथेष्ठ छलफल नहुँदा निर्वाचन पनि कर्मकाण्डीमात्र वन्न पुगेको विगतले देखाउँदछ । यसैले गर्दा यो निर्वाचन पनि विगतको निरन्तरता भन्दा फरक नहोला ।
विश्वको मानचित्रमा नेपाल सार्वभौमसत्ता, अखण्डता र स्वाभिमान मुलुकको नाममा दर्जित छ । नेपाल न विगतमा कसैको अधिनस्थ वन्यो, न कसैको गुलाम । यति धेरै स्वाभिमानी मुलुक अहिले किन कसैको परनिर्भरतामा अगाडी वढ्दैछ । देश किन आत्मनिर्भर वन्न सकेन ? यसको सुक्ष्म अध्ययन हुन सकेन भने देश अझै परनिर्भरता तर्फ अगाडी वढ्ने र देशमा आर्थिक, समाजिक जातिय, भाषिक, द्धन्द्ध जन्मने खतरा प्रवल छ । यहि अध्यारो भविश्य उन्मुख देशको राजनितीमा अवको निर्वाचन कोषेढुङ्गा सावित हुनुपर्दछ । जव देशमा नै आर्थिक र भौतिक संकट आईपर्दछ, कुनै व्यक्ति विशेष सम्पन्नताको नाममा उकासिन सक्दैन ।
मुलुकमा राणाशासन, राजतन्त्रको अन्त्य हुदै संघिय गणतन्त्रसम्म आईपुग्दा नेपाल आर्थिक, समाजिक र वैचारिक रुपमा किन कमजोर हुदै गयो ? यसको समिक्षा आजैवाट शुरु गर्नुपर्दछ । मानव जातिको सवैभन्दा अमुल्य चीज भनेको स्वार्थ रहेछ । यहि स्वार्थताको वीचमा रुमल्लिएको नेपालको राजनिती यसभन्दा अलग हुन सकेन र सक्दैन । समान्य सोच र चेतनाले स्वार्थताको जरो उखेल्न सकिदैन । नेपालको राजनितीमा भएको यहि हो । नेपालको राजनितीक दल र नेताहरु यहि धर्तिका अंश हुन् जुन स्वार्थकेन्द्रित छन् । यहि विषय चिर्न नसक्दा नै नेपाल पछाडी परेको एकमात्र सत्य हो । यहि स्वार्थ भित्र पर्ने विभिन्न आयामहरु अवसरवाद, नातावाद, कृपावाद, गुलामी, समर्थक, परनिर्भरता, अनुकुलता, प्रतिकुलता गासिएको हुन्छ । यहि गन्जागोलभित्रको आयाममा अहिले देश फसेको छ । देश साध्य हो, अरु सवै साधन हुन भन्ने सत्यता समेत नवुझनेहरु नेपालका राजनितीको शिर्ष तहमा विराजमान छन् । यी सवै गुण, अवगुणहरु नेपालमा मात्र हैन, विश्वभर व्याप्त छन्, फरक यति हो कि विश्वका अन्य देशहरुमा यो सवै चिर्न सक्ने नेता, राजनेता छन् भने नेपालमा छैनन । फरक यत्ति हो । स्वार्थलाई आफुभन्दा वाहिर राख्नेहरु सफल हुन्छन् अरु असफल । नेपालमा भएको यहि हो ।
भौगोलिक, समाजिक, साँस्कृतिक रुपमा विश्वमा सवैभन्दा अव्वल नेपाल अहिले परनिर्भरताको अन्तिम विन्दुमा पुगेको छ । भौगोलिक वनावट होस कि उत्पादनमा नेपाल अव्वल मुलुक हो । यति धेरै सर्वसम्पन्नता मुलुकमा अहिले दैनिकी खाने अन्न केहि दिन विदेशवाट आयात नहुने हो भने हाहाकार हुन्छ । यति धेरै परनिर्भरता र परआश्रित हुन हामीलाई नेताले पुरयायो कि हामी आफै त्यहाँ पुग्यौ भन्ने कुराको निर्मम समिक्षा अवको पहिलो प्राथमिकता हुनुपर्दछ । नेता सत्ता र स्वार्थका लागी जनता प्रयोग गर्ने समान्य धर्म नै हो । यहि कर्मभित्र नेताको दिनचर्या वित्दछ, तर जनता ? जनता नेताको गुलामीमा अभ्यस्त । भएको यहि हो । यहि भित्र परनिर्भरताको चर्को अंश भेटिन्छ ।
व्यवस्था परिवर्तन भयो, तर जनताको जीवनस्तर परिवर्तन भएन । देश विकास भएन । यसमा नेतालाई दोष दिने र गाली गर्ने प्रचलन हावी भईरहदाँ यसको कारक हामी हौ भन्ने हेक्का हामीलाई भएन । जव सम्म सिंगो देश र जनतालाई उत्पादन र कर्मसँग जोड्न सकिदैन तवसम्म देश झन झन परनिर्भर हुनेमा कुनै शंका छैन । यसका लागी नेता हैन, जनता नै संवेदनशील हुन जरुरी छ । किनकी प्रयोगमा नै जीवनका सफलता सोच्नेहरु हामीभित्र असंख्य छन् । त्यसको अंश हामीमा व्याप्त छ । जव मानिसहरु कर्ममा भन्दा भाग्यमा विश्वास गर्दछ, हुने यहि हो । जव व्यक्ति भाग्यमा आशक्ति हुन्छन्, त्यहिवाट गुलामी मानसिकता हावी हुन्छ । जव गुलामी मानसिकता व्याप्त हुन्छ् परनिर्भरता वढ्दै जानेछ । अहिले हामीमा भएको यहि हो ।
देश सिंगापुर, अमेरिका वनाउछु भने त्यो नेताहरुको स्वार्थ हो । किनकी जनतालाई वहकाएर सत्तामा पुग्ने उनिहरुको एउटै ध्येय हो । त्यो ध्येय प्राप्तिका लागी नेताहरु किन्ने, विक्ने, झुक्ने र भुक्ने सवै गर्दछन् । क्षणिक सत्ता र स्वार्थ पुर्तिका लागी देश नै वन्धक राख्नेहरुको वोलावल वढेको मुख्य कारक नै हामी जनता हौ । यसको जिम्मेवारिता हामी सवैले लिनुपर्दछ । जवसम्म जनता कर्मशिल, उत्पादनशिल र चेतनशिल हुदैनन्, अझै लामो समयसम्म नेताले सिंगापुर र अमेरिक पुरयाईदिने आशामा राजनिती गरिरहन्छन् ।
जीवन आफैमा सृष्टिको निरन्तरता हो । यसमा राजनिती मुख्य कारक वन्न सक्दैन । राजनिती जनताका जीवनस्तर उकास्नका लागी हुनपर्दछ । तर राजनिती व्यक्ति केन्द्रित वनिदियो । त्यसमा हामी जनता कारक वनिदियो । जीवन भित्रको यो सन्र्दभमा जनताको जनजिविका सँग केन्द्रित गतिविधिी नै मुख्य विषय वन्नुपर्दथ्यो । नेपालमा कार्यकर्ता धेरै जनता नै नभएको सन्र्दभमा नेताहरु हिसाव कितावमा व्यस्त छन् । कार्यकर्ताको यहि कमजोरिको फाईदामा नेताहरु नाचिरहेका छन् । कहिले कुन राजनैतिक पार्टीमा, तर कहिले कुनमा ।
अवसरवादाको पनि निश्चित सिमा हुन्छ, तर अवसरवाद नै लजाउने गरि गरिएको पार्टी फेरवदल र जनता भेडा नै हुन् भन्ने नेताहरुको मानसिकता भत्काउने वेला आएको छ । जवसम्म जनता स्वाभिमानी र कर्मठ वन्न सक्दैनन, तवसम्म नेताले जनता भड्काउने काममा जीवनको अन्तिम साससम्म लागिरहेको हुन्छ । देश र जनताको नाममा नेता र कार्यकर्ताले धेरैले धेरै कमाईसके, अव देश मात्र वेच्न वाकी छ । जीवन के र का लागी भन्ने सम्म चेत नहुनेहरुको भीडमा लाग्दा जनता र देशप्रतिको धोकामा हामी पनि अंशियार वनिरहेका छौ ।
निर्वाचनको मुख्य उद्येश्य के हो ? राजनैतिक दलको मुख्य उद्येश्य के ? जितको मुख्य उद्येश्य के ? यसको विगतको निर्मम समिक्षा अवको कार्यभार वन्नुपर्दछ । हिजो सम्मको राजनितीले नेपाललाई कहाँ पुरयायो र भोलिको दिनमा के गर्ने भन्ने कुराको समिक्षा विनाको निर्वाचनले देशलाई आर्थिक मन्दीतर्फ उन्मुख मात्र वनाउँदछ । निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएता पनि विगतको निर्वाचन, नेता र जितको गहिरो समिक्षा विना यो निर्वाचन पनि कर्मकाण्डी शिवाय अन्य वन्न सक्दैन ।
जव कर्ममा विश्वास हुन्छ, जनताहरु स्वनिर्भर वन्दछ, नेताहरु स्वयं जनताको घरमा आईपुग्दछन् । अव यो गुलामी मानसिकता त्याग्नुपर्ने वेला आएको छ । विना कर्मको जीवनयापन क्षणिकतामा टुङ्गिन्छ र जीवन नै वोझ वन्दछ । जव जीवन वोझ वन्दछ, देश नै लगंडो वन्दछ । अतः देश र जनताको साँच्चै परिवर्तन चाहने हो भने नेता होईन, पहिला जनता सच्चिन जरुरी छ । निर्वाचन त एउटा जीवनको साधन मात्र हो, साध्य होईन ।
निर्वाचन, निर्वाचन, यो अर्मुतता भित्र केही दिनको रमझम गर्ने सोच भएका हरुले निर्वाचनको गरिमा नै दुषित वनाए । जवसम्म जनता चेतनशिल हुदैनन् जति निर्वाचन भएता पनि देशको परिवर्तन हुन सक्दैन । यो अर्मुतता भित्र जीवन परिवर्तन खोज्नेहरु समाजका धमिराहरु हुन् ।