पर्यटनमन्त्री श्रेष्ठसँग कतारका राजदुत हैलको शिष्टाचार भेट, पर्यटन प्रवर्द्धनमा सहकार्यबारे छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पर्यटनमन्त्री श्रेष्ठसँग कतारका राजदुत हैलको शिष्टाचार भेट, पर्यटन प्रवर्द्धनमा सहकार्यबारे छलफल

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७९, सोमबार

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुईदेशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो ।

    नेपाल र कतारबीच दौत्य सम्वन्ध स्थापित भएको ४६ बर्ष भइसकेको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको बताए । दुई देशबीच पर्यटन प्रवर्द्धनका निम्ति सहकार्य गर्नेबारे उनीहरुबीच छलफल भएको थियो । आगामी नोभेम्बरमा कतारमा आयोजना हुने २२ औँ संस्करणको फिफा विश्वकप प्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन
    गर्नेबारे पनि उनीहरुबीच छलफल भयो ।

    नेेपालको पर्यटन प्रर्वद्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको राजदुत हैलले
    बताए । नेपाल-कतार दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउनेबारे पनि
    उनीहरुबीच छलफल भएको थियो । सो अवसरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान संचालन गर्नेबारे पनि छलफल भएको थियो । राजदुत हैलले मन्त्री श्रेष्ठलाई कतार भ्रमणको निमन्त्रणा दिएका छन् ।