पत्रकार कल्याणकारी कोषमा थापाको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार कल्याणकारी कोषमा थापाको सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले रकम प्रदान गरेका छन्।

    थापाले पत्रकार कल्याणकारी कोषमा पॉच हजार पॉच सय ५५ प्रदान गरेका हुन् । थापाले दमौलीमा एक समारोहका बीच बुधबार पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई उक्त रकम प्रदान गरे ।

    महासंघका अध्यक्ष पौडेलले कल्याणकारी कोषमा सहयोग जुट्ने क्रम जारी रहेको बताए ।