माओवादी सांसद भन्छन् : ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माओवादी सांसद भन्छन् : ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७९, शुक्रबार

    काठमाडौ । राष्ट्रियसभा सदस्य सुरेश आले मगरले आवश्यक पर्‍यो भने ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने बताएका छन् ।

    राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा आलेले निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको बताए ।

    नेपालमा दुई पार्टी मात्र हुने नेकपा एमाले सांसदहरुको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, ‘नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण ग¥यो भने राजासँग पनि गठबन्धन गर्नुपर्ने हुनसम्छ । कम्युनिस्ट त छोडिदिनुस्, राजतन्त्रसँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ ।’

    एमाले, राष्ट्रियसभा दल नेता खिमलाल भट्टराईले आलेको अभिव्यक्ति गम्भीर भएको बताए । नेपालमा अहिले राजतन्त्र र राजा दुबै नभएको भन्दै आलेको यो वाक्य हटाउन माग गरेका छन् ।