काठमाडाै । पूर्वमन्त्री एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले विभिन्न उतारचढावका बीच पाँच वर्षे कार्यकाल सफल रहेको बताएका छन् । प्रतिनिधिसभाको अन्तिम दिन शनिबार पाँच वर्षे कार्यकालबारे सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले जनताले पाँच वर्षका लागि चुनेर पठाएको संसदले पूरा कार्यकाल काम गर्न पाएको बताए ।
“संविधान बनेपछिको पहिलो संसदको कार्यकालमा विभिन्न उतारचढाव रह्यो, दुई पटक विघटन भयो,” उनले भने, “ठ्याक्कै सन्तुष्टि हुन ठाउँ त छैन तर जनताका धेरै आंकाक्षा पूरा गर्न सक्याै भन्ने लागेकाे छ ।” श्रेष्ठले संविधान, लोकतन्त्र, संघीयता बचाउनुपर्ने कर्तव्य आफूहरुले निर्वाह गरेको बताए । “त्यहीकारण हामीले पार्टीमा विद्रोह ग¥यौ,” उनले भने ।