असोज १५ देखि साथीमार्टले केही समयलाई फ्रेन्चाइज बन्द गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    असोज १५ देखि साथीमार्टले केही समयलाई फ्रेन्चाइज बन्द गर्ने

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७९, आईतवार

    काठमाडौं ।  नेपालकै ठूलो रिटेल चेन साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझ व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय गरेको साथीमार्टका संस्थापक सिइओ सागर पोख्रेलले बताए । 

    यसका साथै मार्टले प्रविधिको विकास, हप्ताको सातै दिन र २४ सै घण्टा सहयोग गर्ने, सप्लाइ चेनको ब्यवस्थापन, स्टोर सेटअप र त्यसको व्यवस्थापनका लागि सहयोग गर्ने र अन्य नयाँ योजनाहरु लागू गर्ने पनि बताएको छ । 

    नेपालमा पहिलोपटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इ–कमर्स सञ्चालन गर्ने साथीमार्टले देशैभर सेवा विस्तार गरेको छ ।

    एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ । नेपालमा ३० भन्दा बढी जिल्ला र ६० भन्दा धेरै सहरमा साथीमार्टको १०८ फ्रेन्चाइज सञ्चालनमा छन् । त्यस्तै, काठमाडौ, इटहरी, विर्तामोड र बुटवलमा वायरहाउस रहेको छ, र चितवन र धनगढीमा छिट्टै सञ्चालन गर्ने योजना रहेको छ ।

    साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।