काठमाडौ । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको आइतबार बसेको १२औं बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश हुने समानुपातिकतर्फका उम्मेदवारहरुको निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालकोटमा शनिबार र आइतबार दई दिन बसेको बैठकले सातवटै प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, २२ वटा जनसंगठनहरुले सिफारिस गरेका नामावलीमा गहन छलफल गरेको थियो।
छलफलबाट प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना समानुपातिकतर्फका उम्मेदवारको निर्णय गरेको हो।
बैठकले क्लस्टरअनुसार उम्मेदवार टुंगो लगाएको छ।