पाेखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपाल रग्बी सङ्घ गण्डकी प्रदेशले खेलाडी छनोट गरेको छ । पोखरामा हुने खेलकुद प्रतियोगिताका लागि सङ्घले रग्बीका पुरुष र महिला खेलाडी छनोट गरेको हो ।
पुरुषतर्फ १५ र महिलातर्फ १५ खेलाडी छनोट गरिएको सङ्घका प्रदेश कोषाध्यक्ष इश्वर बस्यालले जानकारी दिए ।
पुरुषतर्फ गोरखाका पुजन फेवाली, गणेश बानियाँ, अनिश तामाङ, प्रदीप राना, कास्कीका प्रमोदबहादुर थापा, दर्शन क्षेत्री, सङ्गम लामिछाने, सोनम तामाङ, ओमकृष्ण बाहिङ राई, तनहुँका सुशील भण्डारी, नवलपुरका ओनिश राना, शान्तबहादुर सोमाइ मगर, स्याङ्जाका दीपेन्द्र अर्याल, बागलुङका जीवन बस्नेत र तनहुँका सन्तोष गुरुङ छनोट भएका छन् ।
महिलातर्फ कास्कीका पुजनी कार्की, कृति मगर, सुरक्षा परियार, सरु शर्मा, नवलपुरका इशा कुंवर, कास्कीका रेना गुरुङ, तनहुँका पुकार मल्ल ठकुरी, बागलुङका सिर्जना पुन, सिर्जना छन्त्याल, कास्कीका दर्शना क्षेत्री, बृन्दा परियार, पर्वतका अनिता विक, बागलुङका सीता कुंवर, पुनम छन्त्याल र रचना छन्त्याल छनोट भएको सङ्घले जनाएको छ ।