उम्मेदवारी फिर्ता लिन पौडेललाई कांग्रेस नेताको आग्रह, भन्छन् ‘कुनै हालतमा फिर्ता हुन्न’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    उम्मेदवारी फिर्ता लिन पौडेललाई कांग्रेस नेताको आग्रह, भन्छन् ‘कुनै हालतमा फिर्ता हुन्न’

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७९, मंगलवार

    दमौली । तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ मा उम्मेदवारी दिएका नेपाली कांग्रेस व्यास नगर समितिका कोषाध्यक्ष नगेन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिन कांग्रेस नेतृत्वले आग्रह गरेको छ ।

    कांग्रेस परित्याग गरी उम्मेदवारी दर्ता गरेका पौडेललाई उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न कांग्रेसका केन्द्रीय तथा जिल्लास्तरका नेताहरुले आग्रह गरेका हुन् ।

    तर पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् । पौडेल भन्छन्, ‘पार्टीभित्रको निषेधको राजनीति अन्त्यका लागि उम्मेदवारी दिएको हूँ, कुनै पनि हालतमा पछाडी हट्दिन ।’ अन्याय र अत्याचारको विरोधमा आफू विद्रोह गर्न बाध्य भएको उनले बताए ।

    नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलका छोरा उनी उम्मेदवार बनेपछि कांग्रेस वृत्तमा हलचल आएको छ।