गोरखा, तनहुँ र लम्जुङको अन्तर जिल्ला समन्वय बैठक गोरखामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गोरखा, तनहुँ र लम्जुङको अन्तर जिल्ला समन्वय बैठक गोरखामा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    गोरखा । आसन्न निर्वाचन लगायत विविध विषयलाई लक्षित गरी गोरखामा तीन जिल्लाका सुरक्षा समिति पदाधिकारीहरुको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ ।

    शुक्रवार पालुङटारमा भएको बैठकले आसन्न निर्वाचन, विपद व्यवस्थापन, अपराध तथा लागू औषध नियन्त्रणका बिषयमा एक आपसमा सूचना आदान प्रदान गर्ने निर्णय गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

    ‘जिल्लामा भएका समस्याहरु एक अर्काबिच सेयर गर्ने र समाधानका लागी आवश्यक सहजिकरण गर्ने भन्ने पनि निर्णय गरेका छौ,’ उनले भने । बैठकले नदीजन्य पदार्थ र प्राकृतिक स्रोतको अवैध उत्खनन र दोहन रोक्न कडाइका साथ लागी पर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

    ‘यसमा कडाइका साथ अघि बढ्ने भन्ने निर्णय भएको छ, अव अनुगमन र निगरानी बढाउछौ, कानून विपरीत काम गरेको पाइएमा कारवाही गर्छाैं,’ उनले भने । बैठकमा गोरखा, तनहुँ र लम्जुङका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।