क्षेत्र नम्बर १ का ४२ वटै वडामा एमालेको निर्वाचन परिचालन कमिटी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    क्षेत्र नम्बर १ का ४२ वटै वडामा एमालेको निर्वाचन परिचालन कमिटी

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७९, मंगलवार

    दमाैली । मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका ४२ वटै वडामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

    क्षेत्र नम्बर १ अन्तर्गतका सबै वडा कमिटीको मंगलबार आयोजित विस्तारित बैठकले निर्वाचन परिचालन कमिटी गठन गरी कार्यालय स्थापना गरेको हो ।

    यसैगरी तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटै पालिकामा बैठक सम्पन्न गरी कार्यालय उद्घाटन गरिएको एमाले तनहुँका उपसचिव प्रदीपराज अधिकारीले जानकारी दिए ।

    तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतको निर्वाचन परिचालन कमिटी बुधबार दमौलीमा स्थापना गरिनेछ । यस्तै क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन परिचालन कमिटी बिहीबार डुम्रेमा स्थापना गरिने अधिकारीले बताए ।