एमालेका उम्मेदवार कार्यकर्ता भेटघाट र अन्तरक्रियामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    एमालेका उम्मेदवार कार्यकर्ता भेटघाट र अन्तरक्रियामा

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७९, शुक्रबार

    दुलेगौडा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवारले कार्यकर्ता भेटघाटसँगै घरदैलो अभियानलाई निरन्तरता दिएका छन् ।

    प्रतिनिधि सभातर्फका उम्मेदवार एवम् स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेश १ का उम्मेदवार श्यामराजा महत र प्रदेश २ का उम्मेदवार केदार सिग्देले आफ्नो क्षेत्रका कार्यकर्ता भेटलाई जारी राखेका हुन् ।

    प्रतिनिधि सभा सदस्यका उम्मेदवार गुरुङ र प्रदेश सभा सदस्यका उम्मेदवार महत शुक्रवार शुक्लागण्डकी नगरपालिका वडा नं. ९ र १२ का विभिन्न क्षेत्रमा पुगे ।

    वडा नं. ९ को घारीमा वडा सम्पर्क कार्यालयको उद्घाटनसँगै वडा नं. १२ को लिलाचोक, रातमाटा, लामागाउँ, जस्पुर, प्युरीदोभान लगायतका क्षेत्रमा अन्तरक्रिया गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सदस्यका उम्मेदवार एवं पूर्वमन्त्री किरण गुरुङले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन भएको बताउँदै देशको हित र राष्ट्रियताको पक्षलाई बलियो बनाउने पार्टीलाई मत दिनुपर्नेमा जोड दिए ।

    उनले गठबन्धनले केन्द्र र प्रदेश सरकारलाई अस्थिरतातर्फ लैजाने भएकाले एमालेलाई बहुमत दिलाएर स्थिरताको पक्षमा उभिन आग्रह गरे ।

    प्रदेश सभा सदस्यका उम्मेदवार महतले गठबन्धनका कारण पछिल्लो समयमा संघीतामाथिनै प्रश्न खडा भएको बताउदै नेकपा एमालेले मात्र सहि ढंगबाट सरकार सञ्चालन गर्न सक्ने उल्लेख गरे ।

    नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना, प्रदेश कमिटी सदस्य हर्क गुरुङ, नगर सचिवालय सदस्य भरत लामगादे, वडा कमिटी अध्यक्ष चुम बहादुर उचै ठकुरी, सचिव कोष बहादुर गुरुङ लगायतले बोलेका थिए ।

    यस्तै प्रदेश २ का उम्मेदवार सिग्देलले पार्टीको भिमाद–१, २ र ३ का विभिन्न वडा स्तरीय बैठक र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गरे । उनले वडा कमिटीहरु तल्लो तहमा पुगि निर्वाचनको तयारीमा जुट्न आग्रह गरे ।