काठमाडौ । तिरौत गाउपालिका २, सप्तरी जन्मिएर साइप्रस कर्मभुमि बनाएका विजय कुमार यादवले साइप्रसको राजधानी निकोसियाको लिड्रा नजिकै वोहि राउन्ड अबाउटमा नेपाली भान्सा घर सञ्चालनमा ल्याएका छन् ।
स्वदेशी अर्थतन्त्रलाई टेवा पुर्याउने उद्देश्यले साइप्रसको निकोसियामा युवा व्यवसायी विजयले निकोसियमा रेस्टुरेन्ट संचालनमा ल्याएका हुन्।
स्वथ्यकर तथा उत्कृष्ट स्वाद सहित सेवा प्रदान गर्ने उद्देश्यले भान्सा घर संञ्चालनमा ल्याएका हुन ।
साइप्रसको इतिहासमा नेपाली रेस्टुरेन्ट संचालन गर्ने विजय युवामा पहिलो नेपाली व्यवसायी रहेको दावी गरिएको छ ।
नेपालीलाई मध्यनजर गरेर भान्सा घर सञ्चालनमा ल्याएको उनी बताउँछन् ‘हामीले सबै प्रकारका पाहुनालाई लक्षित गरी होटल संचालनमा ल्याएका हौँ’ उनले भने, ‘गुणस्तर र स्तरीय सेवा दिने हाम्रो लक्ष्य हो।’ नेपाली परिकारलाइ प्राथमिकता दिँदै नेपालीको मन जित्ने उनी बताउँछन् ।
सुविधा सम्पन्न, शान्त र मनोरम तथा फराकिलो भान्सामा एकैपटकमा ५० जना बस्ने क्षमता छ ।
उनी विगत ६ वर्षदेखि साइप्रसमा व्यवसायमा आबद्ध छन् ।