सुकुम्बासी बस्ती हटाउन बालेनले मागे प्रधानमन्त्रीको साथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुकुम्बासी बस्ती हटाउन बालेनले मागे प्रधानमन्त्रीको साथ

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७९, मंगलवार

    काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । 

    सोमबार साँझ बालुवाटार पुगेर भेटेका बालेनले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन सरकारको साथ मागेको स्रोतले जनाएको छ ।

    सुकुम्बासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोली र बस्तीका बासिन्दाबीच झडप भएको थियो । झडपकका क्रममा महानगर सुरक्षा बल र सुकुम्बासी बस्तीका केही मानिस घाइते भएका थिए । 

    बस्तीका बासिन्दाले हातहतियारसहित प्रदर्शन गरे पछि महानगरका मेयर साहले सामाजिक सञ्जालमार्फत केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न गरेका थिए ।