कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ : नेता गच्छदार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ : नेता गच्छदार

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७९, बिहीबार

    काठमाडाै ।  सुनसरी क्षेत्र नं ३ मा पहिलो पटक पराजित भएका कांग्रेस नेता विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

     माओवादी केन्द्रले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार बनाउनुपर्ने आवाज उठाइरहेको बेला गच्छदारले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी हालै सम्पन्न निर्वाचनले तेस्रो ठूलो दल भएको माओवादीलाई प्रतिपक्षमा राखेर कांग्रेस र एमालेले साना दलहरुलाई समेटेर सरकारमा जानुपर्ने बताएका हुन् ।

    ‘२०४८ र २०५१ मा कांग्रेस नेतृत्वको र २०७४ को तत्कालीन नेकपा नेतृत्वको सरकारको बहुमत हुँदा पनि राजनीतिक स्थिरता हुन नसकेको उदाहरण छ,’ उनले भने, ‘त्यसैले यसपटक सत्ता गठबन्धनलाई बहुमत भए पनि ५ वर्ष ढुक्कले सरकार चलाउन र मुलुकमा राजनीतिक स्थिरता कायम गर्न कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर सरकार बनाउनु पर्छ ।’