सत्यवती गाउँपालिका गुल्मीको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक विमोचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्यवती गाउँपालिका गुल्मीको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक विमोचन

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७९, शुक्रबार

    पोखरा । सत्यवती गाउँपालिका गुल्मीको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक बिमोचन भएको छ । गाउँपालिका भित्रका समग्र विषयवस्तु समेटिएको कक्षा १-५ को पाठ्यक्रम र यस अनुसारका पाठ्यपुस्तक तयार गरी गाउँपालिकाले नि:शुल्क वितरणको व्यवस्था मिलाएको हो ।

    विमोचन समारोहमा गाउँपालिकाका पूर्व अध्यक्ष पारिश्वर ढकाल, वर्तमान अध्यक्ष टिकाराम पाण्डे, वर्तमान उपाध्यक्ष निरमाया तरामु, पूर्व प्रमुख प्रशासकीय अधिकृत झबिव्श्वर रेग्मी, पाठ्यक्रम निर्माण सहजीकरण समितिका संयोजक भीम प्रसाद पाण्डे, मस्यौदा लेखन समितिका संयोजक मणी ज्ञवाली, शिक्षा अधिकृत विष्णु ज्ञवाली तथा पुस्तक लेखन सहजीकरण संस्था साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनाल लगायतले स्थानीय पाठ्यपुस्तकको महत्व र यसको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा चर्चा गरेका थिए ।

    सो अवसरमा साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनाललाई समयमै प्रभावकारी रूपमा काम सम्पन्न गरेकोमा सम्मान गरिएको थियो । सो अवसरमा गाउँ पालिकाभरिका ४३ वटा विद्यालयका प्रधानाध्यापकहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

    साभ नेपालले ” शिक्षकका हातमा पाठ्यक्रम र विद्यार्थीका हातमा पाठ्यपुस्तक” भन्ने अभियानस्वरूप हालसम्म ३५ वटा पालिकाका पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि सहजीकरण गरिरहेको छ ।
    नेपालमा निजी स्तरबाट यति धेरै स्थानका पाठ्यक्रम निर्माणमा सहजीकरण गर्ने साभ नेपाल पहिलो संस्था रहेको कुरा यसका अध्यक्ष डा. तुलसीराम खनाल प्रभासले बताए ।