गण्डकी प्रदेशसभा सदस्यको सपथ पुस १३ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशसभा सदस्यको सपथ पुस १३ गते

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७९, बुधबार

    पोखरा । गण्डकी प्रदेशसभा सदस्यमा जनताबाट चुनिएका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ गते पद तथा गोपनीयताको सपथ गराइने भएको छ ।

    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम उक्त दिन ११ बजे प्रदेश प्रमुखको निवास सिमलचौरमा सपथ गराउने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

    गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्य पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित मित्रलाल बस्याल रहेका छन् । ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते गण्डकी प्रदेशसभाका अन्य सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउने उनले बताए ।