काठमाडौ । बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । बिहीबार संसद भवनमा शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले बाम लोकतान्त्रिक गठबन्धनको सरकार बन्नेमा आफू विश्वस्त रहेको बताए ।
पूर्व श्रममन्त्री रहेका श्रेष्ठले बारा-४ का जनताले आफूलाई भरोसा गरी विजयी गराएकामा धन्यवाद ज्ञापन गर्दै भने, ‘जुन विश्वास र भरोसा मलाई गर्नुभएको छ, त्यसलाई कहिल्यै टुट्न दिनेछैन ।’ बारा-४ को विकास निर्माणमा आफू दत्तचित्त भएर लाग्ने श्रेष्ठले बताए ।