गण्डकीका ज्येष्ठ सदस्य बस्यालले सपथ लिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका ज्येष्ठ सदस्य बस्यालले सपथ लिए

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७९, बुधबार

    पोखरा । गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बुधबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बस्याललाई सपथ खुवाएका हुन् ।

    संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई सपथ खुवाए । पर्वत (ख) बाट निर्वाचित वर्षीया बस्यालले विहीबार बाँकी ५० सांसदलाई प्रदेश सभामा सपथ ग्रहण गराउनेछन् ।

    प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश सभाको अधिवेशन बोलाएका छन् । संविधानको धारा १८३ को उपधारा १ बमोजिम बोलाइएको प्रदेश सभा अधिवेशनमा पनि ज्येष्ठ सदस्य बस्यालले नै अध्यक्षता ग्रहण गर्नेछन् । एमालेबाट निर्वाचित सांसद बस्याल कानुनमन्त्री विन्दुकुमार थापाभन्दा २ दिन जेठो हुँदै ज्येष्ठ सदस्यका हैसियतले अब प्रदेश अधिवेशनको अध्यक्षता गर्ने भएका छन् ।प्रदेश सभा सुरु भएलगत्तै सरकार गठनका लागि आह्वान गर्ने तयारी छ ।

    गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिक २४ सांसद निर्वाचित भएका छन् ।गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे)सहित ६० सांसद छन् ।