प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएपछि ओलीले दिए कांग्रेसलाई धन्यवाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएपछि ओलीले दिए कांग्रेसलाई धन्यवाद

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०७९, मंगलवार

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकामा नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि लोकतन्त्रको नयाँ भाष्य स्थापित भएको बताए ।

    डेमोक्रेसीको एउटा नयाँँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला’ उनले भने, ‘नयाँ इन्टरप्रिटेसन छ ।’

    ओलीले सोमबार एक कार्यक्रममा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनले गिलास खाली हुँदाहुँदै चिया किन कार्पेटमा पोख्ने भनी टिप्पणी गरेका थिए ।