गण्डकीमा सात वटा मन्त्रालय बनाउने सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा सात वटा मन्त्रालय बनाउने सहमति

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७९, आईतवार

    पोखरा । गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय रहेकामा घटाएर सात वटा बनाउने सहमति भएको छ । सत्ता गठबन्धनले उक्त सहमति गरेका हुन् ।

    मुख्यमन्त्री खगराज अधिकारीको निवासमा आइतबार साँझ बसेको गठबन्धनका तीन दलको बैठकमा मन्त्रालय संख्या घटाउने सहमति भएको हो ।

    मन्त्रालय कुन-कुन बनाउने भन्ने विषयमा परामर्श गरेर टुङ्गो लगाइने राप्रपाबाट मन्त्री बनेका पञ्चराम गुरुङले बताए ।

    मन्त्रालय भागवण्डामा सहमति हुन नसक्दा गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । दलहरूले बढी दाबी गरेपछि मन्त्रालयको भागवण्डा टुंगिन नसकेको हो ।

    गण्डकीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा सहभागी सरकार छ ।

    कसले कुन र कति मन्त्रालय लिने भन्ने नटुंगिएको माओवादीबाट मन्त्री बनेका हरिबहादुर चुमानले बताए । मंगलबारसम्म मन्त्रालय र मन्त्री टुंगो लगाउने तयारी मुख्यमन्त्री अधिकारीको छ ।