मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७९, मंगलवार

    काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् ।

    प्रतिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिँदै उनले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औल्याए । मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको बताए ।

    “राष्ट्रिय सहमति गरौँ, सबैले मिलेर राष्ट्र निर्माण गरौँ, देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा जुटौँ”, उनले भने, “नेपालको आकाशबाट निरासाको कालो बादल हटाउन राष्ट्रिय सहमतिको वातावरण बनाऔँ ।”