पोखरा ।केह दिन अघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ अर्को घटना भएको छ । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ ।
उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर सुवास तिमिल्सिनाले जानकारी गराए । काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अबस्थामा छिमेकीले उद्धार गरेका अस्पताल पु¥याएका हुन् ।
‘दुवैले शरिरमा आगो लागिरहेको बेला छिमेकिहरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ,’ एक प्रत्यक्षदर्शीले भने । (समाधान दैनिकबाट)