यातायात व्यवसायी र मजदुरको आन्दोलन फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यातायात व्यवसायी र मजदुरको आन्दोलन फिर्ता

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०७९, मंगलवार

    काठमाडौ । यातायात व्यवसायी र मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् ।

    बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा मजदुरलाई कुटपिट गर्नेमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

    ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आन्दोलनमा थालेका थिए ।  ट्राफिक जरिबानाको विषयलाई लिएर यातायात मजदुरहरूले हिजो बालाजु बसपार्क क्षेत्रमा गरेको  प्रदर्शन हिंसात्मक बनेको थियो ।

    आन्दोलनका कारण बिहान काठमाण्डौ उपत्यकामा कम गाडी चलेका थिए । काम विशेषले हिँड्नेहरु समस्या परेका थिए । अहिले भने गाडीको आवागमन सामान्य भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।