फिफा वेष्ट प्लेयरको अवार्ड मेस्सीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फिफा वेष्ट प्लेयरको अवार्ड मेस्सीलाई

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७९, मंगलवार

    काठमाडौ । फिफा वेष्ट प्लेयरको अवार्ड अर्जेन्टिनी स्टार लियोनल मेस्सीले जितेका छन् । सोमबार राति सम्पन्न विशेष कार्यक्रमका बीच मेस्सी फिफा वेष्ट प्लेयर घोषित भएका हुन् ।

    मेस्सीले दोस्रो पटक यो उपाधि जितेका हुन् । उनले सन् २०१९ पहिलो पटक उपाधि जितेका थिए ।

    लियोनल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका थिए ।

    फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको थियो ।

    सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो ।

    सन २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन । यी तीन मध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितिेसकेका छन् ।

    मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए भने पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका छन ।

    अर्जेन्टिनालाई डिसेम्बरमा कतारमा पहिलो पटक विश्वकपको उपाधि जितेपछि मेस्सी फिफा वर्ष खेलाडी घोषित भएका हुन् । ३५ वर्षीय फरवार्डले विश्वकपको फाइनलमा दुई गोल गरेका थिए, जुन अर्जेन्टिनाले अतिरिक्त समयमा ३-३ गोलको बराबरी खेल्दै फ्रान्ससँग पेनाल्टीमा जितेको थियो।

    उत्कृष्ट महिला खेलाडी स्पेनकी एलेक्सिया पुटेलास लगातार दोस्रो वर्ष भइन् । पुटेलासले संयुक्त राज्यका एलेक्स मोर्गन र इङ्ल्यान्डलाई २०२२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जिताउने बेथ मीडबाट अवार्ड जितिन्।

    पुरुष प्रशिक्षकको अवार्ड अर्जेन्टिनाका लियोनल स्कोलनीले जिते। महिला प्रशिक्षकको अवार्ड सारिना विगम्यानलाई दिइयो, जसले इंग्ल्याण्डलाई महिला युरोपियन च्याम्पियनसिपको उपाधि दिलाएकी थिइन्। महिला गोलकिपरको अवार्ड युरो विजेता इङ्ल्यान्डकी मेरी इर्प्स र उत्कृष्ट पुरुष गोलकिपर अर्जेन्टिनाका विश्वकप विजेता इमिलियानो मार्टिनेजलाई प्रदान गरिएको थियो ।