काठमाडौ । अभिनेता एवं मोडल पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् । १ वर्षको जेल जीवन बिताएर गत महिना फर्किएका उनले म्युजिक भिडियोको लागि पारिश्रमिक दोब्बर बनाएका हुन् । यसअघि डेढ खालसम्म लगानी गरेर उनलाई म्युजिक भिडियोमा अभिनय गराउँदै आएका लगानीकर्ताले अब ३ लाख रूपैयाँ तिर्नुपर्नेछ ।
पल निकट रहेका एक निर्देशकले भने, –‘उहाँले अब म्युजिक भिडियोमा ३ लाख रूपैयाँ लिने भन्नुभएको छ । पारिश्रमिक बढाएर बरु संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने उहाँको सोच छ ।’
पलले अब पहिलेजसरी म्युजिक भिडियो नखेल्ने मनस्थिति बनाएको ति निर्देशकले बताए । पलले यसअघि १ देखि डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिँदै आएका थिए । संख्यात्मक हिसावले पनि उनका म्युजिक भिडियोहरू एकदमै धेरै आउने गरेका थिए ।