रमजानले आपसी सद्भाव र सहिष्णुता कायम गर्न सहयाेग पुग्छ : पूर्वमन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रमजानले आपसी सद्भाव र सहिष्णुता कायम गर्न सहयाेग पुग्छ : पूर्वमन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०७९, शुक्रबार

    काठमाडाै । पूर्वमन्त्री एवं बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले रमजान पर्वले आपसी सद्भाव र सहिष्णुता कायम गर्न सहयाेग पुग्ने बताएका छन् । इस्लाम धर्माबलम्बीहरुकाे शुक्रबारदेखि सुरु भएकाे रमजान पर्वकाे अवसरमा शुभकामना दिँदै श्रेष्ठले याे पर्वले सद्‍भाव, सहिष्णुता र मेलमिलाप प्रबर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको उल्लेख गरेका छन् ।

    नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका श्रेष्ठले भनेका छन्, ‘महान् पर्व तथा पवित्र महिना रमादानको अवसरमा बारा निर्वाचन क्षेत्र नं ४ का सम्पुर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइका साथै सवै नेपालीहरुमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने रमादानको विशेष महत्व रहेको छ ।’