रवि र स्वर्णिमको विरोध गर्दै कांग्रेसलाई भोट माग्दै नेताहरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    रवि र स्वर्णिमको विरोध गर्दै कांग्रेसलाई भोट माग्दै नेताहरु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा यतिबेला चुनावी अभियान तीव्र रुपमा चलिरहेको छ । उम्मेदवार यतिबेला गाउँ गाउँ पुगिरहेका छन् । सबै दल चुनावी कार्यक्रममा व्यस्त छन् ।

    चुनावी अभियान चलिरहँदा केही नेताहरु भने व्यक्तिगत गालीगलौज र विरोधमा उत्रिएका छन् । आफ्ना उम्मेदवारको प्रतिबद्धता जनतामाझ सार्वजनिक गरिनुपर्नेमा नेताहरु अर्काको विरोध गर्न व्यस्त छन् ।

    यस्तो कार्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता अग्रभागमा देखिएका छन् । हरेक कार्यक्रममा रवि लामिछाने र डा. स्वर्णिम वाग्लेको नाम नलिई कार्यक्रम नै सुरु नहुने देखिएको छ ।

    चुनावी अभियानमा तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भएका कांग्रेस नेता गगन थापा, प्रकाशमान सिंह, शंकर भण्डारी, प्रदीप पौडेल लगायत आफ्ना उम्मेदवारको राम्रा पक्ष प्रचार गर्न भन्दा रवि र स्वर्णिमलाई अवसरवादी भन्दै विरोधमा उत्रिएका छन् ।

    यसैक्रममा बन्दीपुरमा बुधबार आयोजित चुनावी सभामा नेकपा (माओवादी) केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य हेमराज लामिछानेले रविको विरोध गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई मत मागेका छन् । उनले रवि लामिछानेलाई चार श्रीमतीको श्रीमान् भन्दै विरोध जनाए ।

    “रविलाई स्वीकार्य भनेको त चार वटा श्रीमती बिहे गर्ने भनेको ठिक छ है भनेको हो, नैतिक हिसाबले पनि उनी ठिक छैनन् । फटाहालाई गाली गर्ने हाइहाइ गर्ने तर भित्रभित्रै पैसा माग्ने प्रवृत्ति उनमा छ,” लामिछानेले भने ।