पौडेलको गाउँमा भाेट माग्न पुगे भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    पौडेलको गाउँमा भाेट माग्न पुगे भट्टराई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको क्षेत्र नं १ बाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार गोविन्द भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना र आशीर्वाद आफूलाई भएको बताएका छन् । बिहीबार व्यास नगरपालिका अन्तर्गत पौडेलको गाउँमा पुगेर भट्टराईले राष्ट्रपतिको उत्तराधिकारी समेत आफू भएकोले उनका अधुरा विकास निर्माणका कामहरू पनि आफ्नै काँधमा आएको बताए ।

    २०४२ सालको सत्याग्रहमा रामचन्द्र पौडेल सँगै आँफुपनि गिरफ्तारमा परेको भन्दै भट्टराईले जन्मेदेखि यही ठाउँलाई केन्द्रबिन्दु बनाएर राजनीति गरेको बताए । राष्ट्रपति पौडेलको ठाउँ यसैपनि सधैं काङ्ग्रेसको गढ भएको र सधैं जित्दै आएकोमा गठवन्धनको समर्थनले धेरै फरकमा अहिले जित्ने उनले दावी गरे । आफूले विगतमा गरेका विकास निर्माणपछि गाउँ गाउँ पुग्दा आफूले पाएको आर्शिवाद नै आफ्ना लागि उर्जा भएको भन्दै भट्टराईले यो नै आफ्नो जितको आधार भएको बताए ।

    उम्मेदवार भट्टराईलाई साथ दिन आएका काङ्ग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले गोविन्द भट्टराई त्यागी नेता भएको हुँदा सबै एकजुट भएर जिताउनुको विकल्प नभएको बताए । बिहीबार नै ब्यास ७ को कलेस्ती, पाथ्रा , सत्रसय, बानियाँ गाउँ , व्यास ८ को बर्लाँचि , सोतिवेशि, रिस्तिबेसी, सग्रामेटार, लव्रि, पुलिमराङ्ग र गाडापानीमा भेटघाट तथा कोणसभा कार्यक्रम भएको थियो । कार्यक्रमहरुमा भट्टराईलाई वृद्धवृद्धाहरुले हर्षका साथमा चुनाव जितको शुभकामना दिएका थिए ।