मतदातालाई भेट्दै आत्मीयता साट्दै एमाले उम्मेदवार खनाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    मतदातालाई भेट्दै आत्मीयता साट्दै एमाले उम्मेदवार खनाल

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८०, सोमबार

    दमाैली । कुनै समय नेपाल प्रहरीको एउटा अभियान थियो, ‘प्रहरी मेरो साथी’ । नेपाल प्रहरीमा ३ दशक सेवा गरि प्रहरीको सर्वाेच्च पद प्रहरी महानिरिक्षकबाट अवकास पाएका सर्वेन्द्र खनालले आफ्नो सेवा कालमा ‘प्रहरी मेरो साथी’ अभियानलाई परिस्कृत गर्दै नयाँ कार्यक्रम ल्याए ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ ।

    प्रहरीको नेतृत्वमा छँदा जनतासँग प्रहरीलाई आत्मियता गराउने दुबै खाले कार्यक्रमको सफल प्रयोग गरेका खनाल अहिले चुनाव लड्न तनहुँका गाउँ–गाउँमा पुगेका छन् । चुनावी अभियानमा पनि खनालले प्रहरीकै त्यही शैली अपनाएका छन् ‘मतदाता मेरो साथी’ । यस खनालले मतदाताई भेटेपछि जुन खालको आत्मियता व्यवहार देखाउँछन्, अन्य उम्मेदबार त्यसभन्दा फरक भएको आम मतदाताको बुझाई छ । प्रहरीको स्कुलिङबाट हुर्केका खनालले मतदातालाई गर्ने व्यवहारले
    मतदाताहरु पनि मख्ख देखिन्छन् ।

    अझै पनि गाउँमा प्रहरीलाई देखेपछि नागरिकमा भएको डर, त्रास र चिन्ता हट्छ । प्रहरीले आफ्नो ज्यानको सुरक्षा गर्छ भन्ने भएपछि नागरिक पनि गाउँ गाउँमा ढुक्कले व्यापार व्यवसाय गरेर बस्न सकेका छन् । त्यस्तै अहिले उपचुनावको प्रचारकोलागि एमालेका उम्मेदबार खनाल गाउँ पुग्दा मतदाताले आफ्नो वास्तविक प्रतिनिधि आयो भन्दै ढुक्क भएर बस्न थालेको मतदाताहरु
    स्वयं बताउँछन् । ‘अरु उम्मेदबार आउँछन्, टाढैबाट नमस्कार गरेर फर्कन्छन, अनि चोकमा भासन गर्छन’ भानुका एक मतदाताले भने तर सर्वेन्द्र खनाल आउँदा आफ्नै दाजु भाई नै आएजस्तो आत्मियता देखाउँछन् ।’ ति मतदाताले भने ‘खनालले मतदाता भेट्दा भोट मात्रै माग्दैनन, मतदाताको सन्चो विसन्चो र सुखदुखका कुरा पनि गर्छन् ।’

    त्यसकारण विगतमा अन्य पार्टीलाई मत हाल्दै आएका मतदाताहरु पनि खनाल प्रति आशाबादी देखिएका छन् । ‘कोही उम्मेदबार युएनडिपीमा यति वर्ष काम गरेँ, विश्वबैंकमा यति वर्ष काम गरे, भन्छन्’ बन्दिपुरका एक मतदाताले भने ‘तनहुँको लागि यो काम गरेँ भन्ने कुरा सर्वेन्द्र बाहेक अरुसँग रैनछ ।’ आफुले बन्दिपुर बजार नजिकै इलाका प्रहरी कार्यालयको तिनतले पक्की भवन
    देखेर नै यो कुरा गरेको उनले बताए । बन्दिुरपमा रहेको इलाका प्रहरी कार्यालयको पक्की भवन सर्वेन्द्र खनाल प्रहरीको नेतृत्वमा हुँदा बजेट बिनियोजन भएर बनेको उनलाई थाह रैछ । बन्दिपुरको जस्तै तनहुँका विभिन्न ठाउँमा ११ वटा प्रहरी चौकीका पक्की भवनहरु सर्वेन्द्रको पालामा बनेका थिए ।

    हरेक ठाउँमा मतदातालाई भेटेपपिछ सर्वेन्द्रले भन्छन् ‘नमस्कार है हजुर, म पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । राजनीतिको फोहोर सफा गर्न आएको छु । यसपाली हजुरहरुले मलाई जिताएर पठाउनुप¥यो ।’ ‘म सर्वेन्द्र खनाल, वैशाख १० गते हुने उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार छु । प्रहरीमा रहँदा पनि म प्रमुख थिएँ, अब राजनीति पनि सफा गर्नुप¥यो भनेर आएको छु । राजनीतिको फोहोर सफा गरेर देश विकासमा लाग्छु । मद्दत गर्नुस्, हस’ । हिजो प्रहरी प्रमुख हुँदासम्म जे जति गर्नुपर्ने थियो, त्यो गरेको तर अबचाहिँ संसद प्रवेश गरेर देश विकास गर्ने इच्छा लागेकाले चुनावमा आएको भन्दै उनी आफूलाई मौका दिन मतदातालाई आग्रह गरिरहेका थिए ।

    चुनावी अभियानमा खनालले मतदातालाई भन्छन् ‘ढुक्क भएर मतदान गर्नुहोला, केही काम गरेर म यहाँ प्रमाणित गरेर देखाउँनेछु । हिजो पनि मैले मेरो ठाउँमा बसेर प्रमाणित गरेको हुँ । अब पनि काम गर्ने कुरामा म एकदम लाग्नेछु, है त ।’

    कतिपय मतदाताले अझै पनि खनाललाई प्रहरी महानिरीक्षक झैं ठानी आफ्नो समस्या सुनाउँछन् । व्यास नपा १० को दुम्सीचौरकी भुमादेवी खड्काले लघुबित्तले गर्दा मर्नु न बाँच्नु भएको भन्दै त्यसबाट जोगाइदिन आग्रह गरिन् । उनले भनिन्, ‘हामी ऋणले मर्न लाग्यौँ, सरकारले हामीलाई ऋण मिनाहा
    गरिदिनुप¥यो । गरिबहरुको मर्का बुझिदिनुप¥यो । लघुवित्तको ऋण मिनाहा गरेर हेरिदिनुप¥यो ।’ उनको समस्या सुनिसकmेपछि खनालले भने, ‘मैले यसबारेमा बुझेको छु । संसदमा गएर कानुन बनाएर अघि बढ्छु ।’

    त्यस्तै सोही वडाको डिहीगाउँमा खनालसँग पूर्व प्रहरी सिंहबहादुर दरैको भेट भयो । ट्राफिक महाशाखामा हुँदा सँगै काम गरेका उनलाई भेटेपछि खनालले भने, ‘ट्राफिकको भत्ता कसले बढाइदियो, मैले नै हैन ? अब राजनीति मार्फत सांसद भएर देश विकासमा लाग्दैछु, सहयोग गर्नुप¥यो ।’ दरैले पनि खनालले नेपाल प्रहरीलाई देशकै उत्कृष्ट संगठन बनाएर अब्बल भएको प्रमाणित गरिसकेको हुँदा अव तनहुँ जिल्लालाई पनि उत्कृष्ट बनाउन सक्ने बताए ।