भातृ संगठन र विभागलाई पूर्णता दिने कांग्रेसको तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भातृ संगठन र विभागलाई पूर्णता दिने कांग्रेसको तयारी

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८०, शुक्रबार

    काठमाडौ । नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई एक साताभित्रै पूर्णता दिने गृहकार्य थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकले बैशाख २८ र २९ मा केन्द्रीय कार्य समिति बैठक बसेर टुंगो लगाउने समझदारी बनाएको छ ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्य समिति बैठक बसेर नेविसंघ, तरुण दललगायत भ्रातृ संगठनलाई पूर्णता दिने गृहकार्य थालिएको बताए ।

    उनले विभागहरुको गठन पनि यही बैठकबाट हुने बताए । महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसकै नेताहरु तानिए पनि निष्पक्ष अनुसन्धानमा सघाइने बताए ।