नारायणघाट-बुटवल सडक खण्डको काम २६ प्रतिशत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणघाट-बुटवल सडक खण्डको काम २६ प्रतिशत

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८०, सोमबार

    काठमाडौ । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न अनुरोध परेको छ । कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिँया ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सो सडक खण्डको काम हाल  २६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

    चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यस अघि दोस्रो पटक म्याद थप गरेको थियो, जसअनुसार उसले जम्मा  यस अवधिमा थप २ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो ।  

    कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्नु परेको चिनिँया ठेकेदार कम्पनीले जनाउँदै आएको छ भने चिनिँया कम्पनीलेमाग गरे अनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले जानकारी दिएका छन् ।