केपी ओली भन्छन् : नक्कली शरणार्थी प्रकरणमा जोसुकै संलग्न भएपनि कारवाही हुनुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केपी ओली भन्छन् : नक्कली शरणार्थी प्रकरणमा जोसुकै संलग्न भएपनि कारवाही हुनुपर्छ

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८०, बिहीबार

    काठमाडाै । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोसुकै जोडिए पनि कारबाही हुनु पर्ने बताएका छन्।

    केन्द्रीय कार्यालय च्यासलमा सुरु केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

    एमालेका सचिव टोपबहादुर रायमाझी र आफू प्रधानमन्त्री हुँदा सरकारी भूमिकामा रहेका केही व्यक्ति जोडिएको सन्दर्भमा ओलीले जोसुकै जोडिए पनि कारबाही हुनुपर्ने बताए। 

    ‘नक्कली शरणार्थी प्रकरणमा हाम्रै पार्टीमा भएका साथीहरुको पनि नाम आएको छ। हिजो हाम्रै सरकारमा रहेका साथीहरुको पनि आएको छ’, उनले भने,  ‘हाम्रै पार्टीका जोसुकै संलग्न भए पनि यस प्रकरणमा दोषीलाई कारबाही हुनु पर्छ।’

    तर उनले यो प्रकरणमा केही व्यक्तिलाई फसाउने प्रयास पनि भइरहेको आरोप लगाएका छन्।