आँबुखैरेनीकाे शिक्षा सुधारका लागि दिल्लीकाे नमूना विद्यालय भ्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीकाे शिक्षा सुधारका लागि दिल्लीकाे नमूना विद्यालय भ्रमण

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८०, बिहीबार

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले पालिकाकाे शिक्षा सुधारका लागि अनुभव आदानप्रदान गर्ने उद्धेश्य सहित भारतकाे दिल्लीस्थित नमूना विद्यालयकाे भ्रमण गरेकाे छ । गाउँपालिकाले अगाडी सारेकाे शैक्षिक सुधार अभियान अन्तरगत दिल्लीका नमूना विद्यालयकाे भ्रमण गरी त्यहाँकाे असल अभ्यासकाे सिकाइ गर्न खाेजिएकाे हाे ।

    सेल फर ह्युमन भ्यालुज एण्ड ट्रान्सफर्मेटिभ लर्निङ दिल्लीकाे निमन्त्रणामा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानकाे नेतृत्वमा वैशाख २२ देखि २६ सम्म विभिन्न विद्यालयकाे भ्रमण गरिएकाे छ ।

    May be an image of 3 people

    नयाँ दिल्लीमा अरविन्द केजरीवालको सरकारले अभ्यास गरेका विभिन्न विकासका मोडलहरु नजिकबाट अवलोकन गर्ने र त्यसबाट सिक्ने भ्रमणकाे मुख्य लक्ष्य रहेकाे चुमानले बताए । उनले भने, ‘विशेषत शिक्षा क्षेत्रमा गरेको अभ्यासले हामीलाई निकै प्रभावित बनायो । विद्यार्थीलाई विद्यालय स्तरको अध्ययन पूरा गरेपछि उद्मी बनाउन बनाउन उधमशिलता सिकाइ कक्षा, हरेक संकायमा प्रयोगशाला प्रयोगात्मक सिकाइ जस्ता शिक्षण सिकाईले हामीलाई प्रभावित बनायाे ।’

    May be an image of 4 people and text

    भ्रमणमा पालिकाले सुरु गरेको विद्यालय रुपान्तरण अभियान र स्कूल अफ एक्लेन्स सेक्टर-२३, राेहिनी तथा स्कूल अफ एक्सलेन्स सेक्टर ८, राेहिनीका प्रधानाध्यापक तथा शिक्षकहरुसँग अन्तरक्रिया गरिएकाे छ ।

    May be an image of 8 people, people smiling, violin and hospital

    भ्रमणबाट सिकेका भौतिक, आर्थिक, शिक्षण सिकाइ, प्रयोगात्मक शिक्षण लगायतलाई पालिकाले अनुसरण गर्ने जनाएकाे छ ।

    भ्रमण टाेलीमा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, विभिन्न वडाका अध्यक्षहरुकाे सहभागिता थियाे ।