मेयर साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मेयर साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८०, बिहीबार

    काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि साहले त्यसलाई काउन्टर दिएका हुन् ।

    महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा बिहीबार नयाँ नक्सा राखिएको हो । साह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उनको योजना छ ।