‘सफलता सम्भव छ’ पुस्तक लोकार्पण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘सफलता सम्भव छ’ पुस्तक लोकार्पण

    खबरपुञ्ज संवाददाता

    १ असार २०८०, शनिबार

    काठमाडौ । लेखक डा बुद्धि मल्लद्वारा लिखित पुस्तक ‘सफलता सम्भव छ’ को आज लोकार्पण गरिएको छ । शिखा बुक्सले यहाँ आयोजना गरेको कार्यक्रममा नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, एनएमबि बैंकका सिइओ सुनिल केसी, समीक्षक डा मदन विष्ट, पत्रकार रोहित भण्डारी र लेखक डा मल्लले संयक्तरूपमा सो पुस्तकको लोकार्पण गरे ।

    नबिल बैंकका अध्यक्ष पौड्यालले पुस्तक अध्ययन गरिसकेपछि मानिसलाई जीवनमा केही सफल काम गर्नका लागि प्रेरणा जनाउने भएकाले सबैलाई अध्ययन गर्न आग्रह गरे । एनएमबि बैंकका सिइओ केसीले भने, “पुस्तकले सकारात्मक ऊर्जा जगाउने काम गरेको छ ।”

    पुस्तकले आफूलाई कमजोर ठान्नेहरूमा आत्मविश्वास जगाउने र आफूमा रहेका सम्भावनालाई पहिचान गर्दै गम्भीरतापूर्वक अगाडि बढ्न प्रेरणा दिएको लेखक डा मल्लले जानकारी दिए । पुस्तक जीवनमा सफलताका निचोड तथा सुझावबाट समाजमा व्याप्त नकारात्मकता हटाउन सफल हुने उनको विश्वास छ । समीक्षक डा विष्ट र पत्रकार तथा समीक्षक रोहित भण्डारीले पुस्तक पुस्तकमात्र नभएर आत्मविश्वास भएको टिप्पणी गरे । पुस्तक ४१ वटा शीर्षकमा लेखिएको छ