दमौली । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल तनहुँको प्रथम जिल्ला अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले व्यासका विष्णुभक्त न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
महासंघको उपाध्यक्षमा भिमादकी भगवती देवी भण्डारी र म्याग्देका सुशील भण्डारी , सचिवमा व्यासका केशरबहादुर आले, कोषाध्यक्षमा भानुकी मनु गुरुङ चयन भएका छन् ।
सदस्यहरूमा भिमादका इसुफदिन मियाँ, भानुका खेमबहादुर श्रेष्ठ , व्यासका उर्मिला आचार्य ढकाल रहेका छन् ।
महासंघका केन्द्रीय उपाध्यक्ष पवित्रा घिमिरेले सामुदायिक विद्यालय व्यवस्थापन समिति एकजुट हुनुपर्ने बताइन् ।