लाेकदाेहाेरी प्रतिष्ठानले हिले महाेत्सव गर्ने, धान राेप्नेदेखि श्रीमती बाेकेर दाैडिने प्रतियाेगिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लाेकदाेहाेरी प्रतिष्ठानले हिले महाेत्सव गर्ने, धान राेप्नेदेखि श्रीमती बाेकेर दाैडिने प्रतियाेगिता

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८०, मंगलवार

    दमाैली । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल तनहुँले धान दिवसकाे अवसरमा चाैथाे हिले महाेत्सव आयाेजना गर्ने भएकाे छ । प्रतिष्ठानले असार १५ गते म्याग्दे गाउँपालिका-१ गुणादीमा हिले महाेत्सव आयाेजना गर्न लागेकाे हाे ।

    लाेक, कला र संस्कृतिकाे संरक्षण गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएकाे प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिए ।

    उक्त कार्यक्रममा डाेरी तान्ने प्रतियोगिता, छिटाे धान राेप्ने प्रतियोगिता, माछा छाेप्ने प्रतियोगिता , श्रीमती बाेकेर दाैडने प्रतियोगिता सञ्चालन गरिनेछ ।

    यसअगाडी प्रतिष्ठानले भानु, व्यास नगरपालिकामा कार्यक्रम गरिसकेकाे र यसपटक म्याग्देमा कार्यक्रम गर्न लागेकाे सचिव अनुराग थापा मगरले जानकारी दिए ।