राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल डिस्चार्ज भएका हुन् ।

    विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई राष्ट्रपति निवास फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    चिकित्सकहरूका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य छ । राष्ट्रपति पौडेललाई अस्पताल  भर्ना गरेकाे ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि असार ५ गते पेसमेकर राखिएकाे थियाे ।

    स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सकहरू, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई राष्ट्रपतिले धन्यवाद प्रकट गरेका छन् ।