काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बिग्रिएको छ ।
स्वास्थ्यमा थप समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा राखेर चेकजाँच भइरहेको छ ।
दाहाललाई अस्पतालको आईसीयूमा राखिएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।