दमाैली । संविधान दिवसकाे अवसरमा बुधबार तनहुँकाे दमाैलीमा प्रभातफेरीकाे आयाेजना गरिएकाे छ । प्रभातफेरीले प्रशासनचाेकबाट सुरु भइ दमाैली बजारकाे परिक्रमा गरेकाे थियाे ।
प्रभातफेरीमा तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्ले, प्रदेशसभा सदस्य अशाेककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपाने, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायत राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र कर्मचारीकाे सहभागिता थियाे ।
त्यस अघि प्रशासन चाेकमा नेपालकाे राष्ट्रिय झण्डा झण्डाेत्ताेलन गरिएकाे थियाे ।