यू–१९ प्रिमियर कपःसाउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यू–१९ प्रिमियर कपःसाउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा तीनवटै खेलमा विशाल जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

    आज भएको साउदीअरबविरुद्धको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै ३०१ रनको जित निकाल्यो । ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एकपटक ५ विकेटको सफलता पाए । एकपक्षीय खेलमा कुनै पनि क्षण साउदीअरबले नेपाललाई चुनौति दिन सकेन ।

    नेपालले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा साउदी अरब ४६ रनमै अलआउट भयो ।