तनहुँ/आइतबार राति देखि परेको अविरल वर्षाका कारण तनहुँका ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरा गएपछि तनहुँको ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको हो ।
श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरा हटाउन समय लाग्ने बताइएको छ ।
यता पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मुग्लिङ–कोत्रे सडखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।