ओलीको चुनौती- कम्बोडियामा ३ हजार करोड लगानी पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ओलीको चुनौती- कम्बोडियामा ३ हजार करोड लगानी पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०८०, सोमबार

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले त्यसलाई पत्ता लगाएमा थप १ हजार बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने चुनौती दिएका छन् ।

    पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम र कमजोर पार्न आफूमाथि यस्ता आरोपहरु आइरहने बताए ।

    उनले विगतमा पनि ६० वर्ष पुगेकालाई गोली हानेर मार्छन् भन्ने आरोप लगाएको बताए । ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु । देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु । एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो ।’