दमौली । भिमाद एफएमले देउसी भैलोबाट संकलित रकम सहयोग गरेको छ । कार्तिक २६ देखि ३० गतेसम्म मौनता ब्यान्ड र स्थानीय कलाकारहरुको सहभागितामा आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित १५ हजार रुपैयाँ दीर्घरोगीलाई सहयोग गरिएको एफएमका अध्यक्ष मिलन आलेले बताए ।
कला ,संस्कृति र चाडपर्वको मौलिकतालाई जोगाउने मुख्य उद्देश्य सहित आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकम तीन जना पीडितलाई हस्तान्तरण गरिएको छ ।
भिमाद नगरपालिका वडा नं २ अकला प्रगतिशिल टोल निवासी क्यान्सर पीडित लोकमाया थापालाई ५ हजार , सवारी दुघर्टनामा घाइते भई प्यारालाइसिस भएका भिमाद नगरपालिका वडा नं २ हैदगा निवासी बेल बहादुर सार्कीलाई ५ हजार , बौदीकाली गाउँपालिका स्थायी घर भई हाल भिमाद नगरपालिका वडा नं छ मालेबगर निवासी राजु कुमार सुनारलाई ५ हजार सहयोग गरिएको छ ।
भिमाद एफएमले गरेको सहयोगले उपचारमा केही राहत हुने बिरामीहरुका आफन्तले बताएका छन् ।