एमालेको मध्यपहाडी संकल्प यात्रालाई माओवादीको स्वागत, जनार्दन शर्माले दिए ओलीलाई धन्यवाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेको मध्यपहाडी संकल्प यात्रालाई माओवादीको स्वागत, जनार्दन शर्माले दिए ओलीलाई धन्यवाद

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०८०, मंगलवार

    सुर्खेत । मध्यपहाडी राजमार्गमा समृद्धिका संकल्प यात्राको क्रममा कर्णालीको सानी भेरी किनारामा पुगेको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन् ।

    मंगलबार सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा माओवादीले स्वागत गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको टोलीलाई स्वागत गर्दै शर्माले भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी समेत गराएका छन् ।

    उनले एमालेको शीर्ष नेतृत्व नै संकल्प यात्राका क्रममा सो क्षेत्रमा आएकोमा अध्यक्ष ओलीलाई धन्यवाद दिएका छन् । रिम्ना जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्छ ।

    शर्मा एमालेले बनाएको स्वागत गेटमै पुगेका थिए । उनी भूकम्पपछि गृहजिल्लामै छन् । ओलीले दुवै जिल्लाका भुकम्प प्रभावितहरुको अवस्था बुझ्दैछन् ।

    सोही कार्यक्रममा एमलेका ११ सय स्वयंसेवक पनि भेला भएका छन् । अस्थायी आवास निर्माण र राहत तथा उद्दारमा खटिएका स्वयंसेवकहरुबाट जानकारी लिने कार्यक्रम रहेको एमाले नेता निरज आचार्यले बताए ।