आविष्कार हस्पिटलको अध्यक्षमा कोइराला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आविष्कार हस्पिटलको अध्यक्षमा कोइराला

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०८०, शनिबार

    पोखरा । आविष्कार हस्पिटल आर्थाेप्लाष्टी एन्ड ट्रमा सेन्टर प्रालिको शुक्रबार भएको दोस्रो वार्षिक साधारणसभा तथा विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

    सभाले वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा सञ्जय कोइरालाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मतले चयन गरेको हो।
    यस्तैगरी हस्पिटलको प्रबन्ध निर्देशकमा डा कृष्ण बोगटीले जिम्मेवारी पाएका छन् । सञ्चालक समिति सदस्यमा डा. रमेश शर्मा, श्रीराम अधिकारी र सुजु गौतम चयन भएका छन्।

    कार्यवाहक अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा भएको सभाले अध्यक्षले प्रस्तुत गरेको आव २०७९/८० को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

    नवनिर्वाचित अध्यक्ष डा कोइरालाले विभिन्न संघ, संस्थासँग सहकार्य गर्ने र विशिष्टिकृत सेवाहरु थप्दै अस्पताललाई पोखराकै उत्कृष्ट अस्पतालको रूपमा विकास गर्दै लैजाने प्रतिवद्धता जनाए।
    आविष्कार हस्पिटल आर्थाेप्लाष्टी एन्ड ट्रमा सेन्टर प्रालिक पोखराका विशेषज्ञ डाक्टरहरूको लगानीमा बुद्धचोकमा सञ्चालित २५ सैयाको अस्पताल हो।